पोखरा । साविक उपबिजेता एल.जी.एशोसियसन र नव आर्दश सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ को उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिताको उपाधि सहित १ लाख ७५ हजार पुरस्कारको लागि शनिबार दिउसो १ः०० बजे पछि फाईनल खेल हुने भएको प्रतियोगिता संयोजक शिव गुरूङ (माया) ले बताए ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बरदान ताङवेको निर्णायक एक गोलको मद्वतले एल.जी.ले भ्याली स्पोट्स क्लव माथि १–० ले कठिन जित हात पार्दै यस बर्ष पनि उपाधि नजिक पुगेको हो । खेलको ४७ ओै मिनेटमा आशिस गुरूङको स्थानमा मैदान प्रबेश गरेका ताङवेले पेनाल्टी अवसरलाई सदुपयोग गरी खेलको दोश्रो हापको अन्तिम ईन्जुरी समयमा गोल गरेका हुन । खेलमा ताङवे नै म्यान अफ दी म्याच घोषित भए । भ्याली स्पोट्सले खेलको ८ मिनेटबाटै १० खेलाडीमा सिमित हुनु पर्याे । भ्यालीका प्रताव गुरूङले विपक्षि खेलाडीलाई गोल गर्ने अबस्थामा खेलाडीलाई तानेका कारण रेफ्रिले रेडकाड दिएका हुन् ।
त्यसै गरी शुक्रबार भएको दोश्रो खेलमा नव आदर्श सामुदायिक विकास समाजले पोखराको सहारा क्लव माथि जित निकाल्न सडेन डेथमा कुर्रनु पर्यो । सडेन डेथमा सुमिन पुनले पोष्ट भन्दा बाहिर पेनाल्टी सुट फाल्नु नै फाइनलमा पुग्ने सहाराको सपना अधुरो रह्यो । नव आर्दशका बबि भुजेलले पेनाल्टी सुटमा गोल गरेका हुन्। ८० मिनेटको निर्धारित समयमा दुबै तर्फ १—१ गोलले खेल बराबरीमा, २० मिनेटको अतिरिक्त समयमा दुबै तर्फ गोल रहित बराबरी र टाईब्रेकरमा समेत दुबै तर्फ ३—३ गोल भए पछि खेल सडेन डेथमा पुगेको हो । नव आर्दशका अनुज भण्डारी, किशोर गुरुङ र सागर राईले टाईब्रेकरमा पेनाल्टी सुटमा गोल गर्न सफल भए भने सन्नी गुरुङ र आगमन खड्काको पेनाल्टी सुट विपक्षि गोलरक्षक असोक रेग्मीले उत्कृष्ट बचाउ गरे ।
त्यस्तै सहाराका गंग गुरुङ, संगम कार्की र सरोज गुरुङले पेनाल्टी सुटमा गोल गर्दा अनिल गुरुङले प्रहार गरेको वल विपक्षि गोलरक्षक आशिस केसीले उत्कृष्ट बचाउ गरे भने अविसेक रानाले प्रहार गरेको पेनाल्टी सुट वारमा लागेर फर्किएको थियो । खेलमा नव आर्दशका गोलरक्षक आसिस केसी म्यान अफ दी म्याच घोषित भए ।
नव आर्दशले खेलको १० ओै मिनेटमा पेनाल्टी मार्फत एक गोल गरी अग्रता कायम गरेको थियो । सहाराका मुकुन्द न्युरेले नव आर्दशका सोवित भण्डारीलाई डि—वक्स भित्र लडाए पछि पाएको पेनाल्टीको अवसरलाई नव आदर्शका अनुज भण्डारीले सदुपयोग गर्दै गोल गरेका हुन । त्यसै गरी सहाराका भागवत चौधरीले खेलको ४५ औं मिनेटमा गंग गुरुङको क्रस वलमा गोल गरेका हुन् ।
यसैबिच उक्त प्रतियोगिताको अवसरमा सेतीपुल वारी र पारी भेट्रान्स खेलाडीहरु बिच शनिबार बिहान ८ः०० बजे मैत्रिपूर्ण फुटवल खेल हुने भएको प्रतियोगिताका म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए । म्यान अफ दी म्याच घोषित खेलाडीहरुलाई ट्रफीको साथमा नगद एक हजार प्रोत्साहन स्वरुप प्रदान गरिएको आयोजक संगम क्लवका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते