पोखरा । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुबाश तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्षस्थानमा उक्लिएका छन्।
पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १-अन्डर १ सय ३७ स्कोर सहित सुबाशले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे। भुवनले आज २-ओभर ७१ स्कोर गरे र समग्रमा इभन-पार १ सय ३८ को कार्ड सहित दोस्रो स्थानमा झरे।
समग्रमा १-ओभर १ सय ३९ स्कोर सहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्तरुपमा तेस्रो स्थानमा छन्। रामेले १-अन्डर ६८ र सञ्जयले इभन पार ६९ को कार्ड बनाए।
नेपाल नम्बर एक शुक्र बहादुर राईले दल बहादुर लामासँग समग्रमा ४-ओभर १ सय ४२ सहित संयुक्तरुपमा पाँचौ स्थान बाँडे। शुक्रले इभन-पार ६९ र दलले २-ओभर ७१ स्कोर गरे। समग्रमा ५-ओभर १ सय ४३ को नतिजामा जयराम श्रेष्ठ सातौं स्थानमा छन्। उनले आज १-अन्डर ६८ को स्कोर निकाले। राष्ट्रिय टिमका खेलाडी सद्भाव आचार्यले ५-ओभर ७४ को खराब प्रदर्शन गर्दा समग्रमा ७-ओभर १ सय ४५ सहित आठौं स्थानमा तल झरे। एमेच्योरतर्फ भने उनी दोस्रो स्थानमा छन्।
समग्रमा ८-ओभर १ सय ४६ को नतिजामा भुवन कुमार रोक्का, धन बहादुर थापा र एमेच्योर खेलाडी प्रज्वल थापा संयुक्तरुपमा नवौं स्थानमा छन्।
३६ होलको समाप्तीमा १६-ओभर १ सय ५४ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ७ एमेच्योर खेलाडीले कट बनाएका छन्। प्रोफेसनल खेलाडीहरु दीपक आचार्य, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति, रवि खड्का, शिवराम पौडेल, नीरज तामाङ, भुबहादुर गुरुङ, टंकबहादुर कार्की, कृष्णमान राजबाहक, कमल तामाङ, प्रदीपकुमार लामा, सबिन सापकोटा, बलभद्र राई तथा एमेच्योर गल्फर अजित बिके, सुरेश तामाङ, महेन्द्र फगामी र युवराज भुजेलले कट बनाएका छन्।
पहिलो दिन ३-ओभरको प्रदर्शन सहित सातौं स्थानमा रहेका दाबेदार खेलाडी सुबाशले दोस्रो दिन लय समाते। उपाधि रक्षा गर्ने सम्भावनालाई जिवितै राख्ने क्रममा उनले आठौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। ब्याक नाइनमा निखारिएको प्रदर्शन गर्ने क्रममा ११औं होलको बोगीका विरूद्ध चार बर्डी प्रहार गरे। १०औं, १३औं, १५औं र १८औं होलमा एक-एक सट बचाउँदै ब्याक नाइन ३-अन्डर ३२ मा सकाए।
भुवनले तेस्रो र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३६ मा र १०औं होलको बोगी विरूद्ध १४औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे।
रामे मगरले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३५ मा सकाए। उनले दोस्रो, छैटौं, आठौं होलमा एक-एक सट बचाए। चौंथो र नवौं होलमा बोगी खेपे। यसपछि १४औं र १७औं होलमा बर्डी प्रहार गरेपनि १२औं र १६औं होलमा एक-एक सट खेर फाले। सञ्जयले फ्रन्ट नाइन इभन-पारमा सकाउने क्रममा पहिलो र छैटौ होलमा बर्डीको सफलता प्राप्त गरेपनि पाँचौ होलमा डबल बोगीको सामना गरे। यसपछि १०औं र १७औं होलमा बर्डी प्रहार गर्दा १२औं र १६औं होलको बोगीले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाए।
५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन भैरहरको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहेने अन्य व्यवसायीक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते