बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

_earthaque-bhukampa

पोखरा । सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बझाङ र अछाम लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्पबाट कुनै क्षति भए, नभएको विवरण भने प्राप्त भएको छैन।

यसअघि गत माघ १० गते बाजुरा नै केन्द्रबिन्दू बनाएर भूकम्प गएको थियो। भूकम्पको धक्काले भीरबाट लडेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको थियो भने दर्जनौं घरहरु भत्किएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds