आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्यान्ड दुई विकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्यान्ड दुई विकेटले पराजित

Cricket

तस्बिर क्यान

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएकाे छ । आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथी दुई विकेटको जित निकालेको हो ।

नेपालका लागि कप्तान राेहित पाैडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । नेपालकाे १ सय ३८ रन हुँदा ८ खेलाडी आउट भएकाे अवस्थामा राेहित र करणले नवाैँ विकेटका लागि ७५ रनकाे साझेदारी गरे । यो साझेदारी नेपालले एकदिवसीय क्रिकेटमा गरेकाे अहिलेसम्मको उच्च साझेदारी हो । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds