महाशिवरात्रिको साँझ पोखराको चोक तथा मन्दिरमा शिव धुनी जगाइंदै (फोटोफिचर)

महाशिवरात्रिको साँझ पोखराको चोक तथा मन्दिरमा शिव धुनी जगाइंदै (फोटोफिचर)

1

पोखरा। हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि साँझ पोखरामा शिव धुनी बालेर धुमधामका साथ शिवरात्री पर्व मनाइएको छ। भगवान् शिव उत्पत्ती भएको सम्झनामा आज रातभर धुनी बाली जाग्रराम बस्ने चलन छ ।

साँझपख मन्दिरमा धुनी जगाएर भजन, कृतन गाएर मनाउँने गरिन्छ । परम्परागत संस्कृतिअनुसार मन्दिरमा धुनी जगाउने गरिए पनि आजभोली शहरका चोकमा आगो बालेर उखु पड्काउने गरिन्छ ।

धार्मीक मान्यता अनुसार शिवरात्रिको दिन महादेवलाई जाँडो हुने जनविश्वास रहेकोले हरेक घर, चोक, मठ मन्दिरमा काठ, दाउरा मागेर धुनी जगाई भजन किर्तन गर्नुको साथै सोही आगोमा हलुवा, पुरि, तरकारी आदि परिकार तयार गरी प्रसादको रुपमा सबै मिलिजुली बाँडचुड गरी ग्रहण गर्ने चलन रहेको छ ।

तस्बिर : अर्जुन थापा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ