नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि १५ दिन दिउँसो बन्द हुने

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि १५ दिन दिउँसो बन्द हुने

mugling

k’n lgdf{0fsf nflu leQf] s6fg e/tk’/, % k’;M gf/fo0fu9–d’lUng ;8sv08 cGtu{t t’Og k’ndf PS;fe]6/ k|of]u u/]/ leQf s6fgsf] sfd x’Fb} . cfhb]lv b}lgs rf/ 306f ;8s aGb u/]/ k’n lgdf{0fsf sfd eO/x]sf] 5 . tl:a/M s[i0f cfrfo{÷/f;;

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्ड आज (शनिबार) देखि १५ दिन दिउँसोको समयमा बन्द गरिने भएको छ ।

चिसेन्जी खोला र तुइनखोलामा सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो ।

सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार आजदेखि यही २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी रोकेर पहरो काट्ने काम गरिनेछ । यसअघि गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो ।

त्यसपछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गरिएको थियो । थप गरिएको समय आज सकिएको छ । तर काम नसकिएपछि सरोकारवालासँग छलफल गरी थप १५ दिन दिउँसोको समयमा सडक बन्द गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको छ । यो डाँडोलाई काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds