काठमाडौं । ग्यास लिलिण्डर बिस्फोटबाट गम्भीर घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ ।
बुधबार राति काठमाडौंको बुद्धनगर स्थित निवासमा ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाईते भएका थिए ।
दुबैजनालाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा ८६ वर्षीया हरिकला भण्डारीको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
सांसद भण्डारीको भने उपचार जारी छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । ग्यास बिस्फोटका कारण सांसद भण्डारीको ३० प्रतिशत र उनकी आमा हरिकलाको ७० प्रतिशत शरीरको भाग जलेको अस्पतालले जनाएको छ ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ