पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा उतार्नको लागि आग्रह गरे ।
उनले तालिममा सहभागी सम्पूर्णलाई सक्रिय सहभागिता जनाउनका लागि आग्रह गरे । वडा सदस्य तथा कार्यक्रम संयोजक बसुन्धरा लामिछानेले वडामा रहेका सामाजिक सस्थाले अत्यन्तै प्रभावकारी कार्यक्रम गरिरहेको तर गरेका गतिविधिलाई सम्वन्धित ठाउँमा पुगेर राख्न नसकेको हुँदा यो कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रमको संचालन वडा सदस्य विष्णुमणि बरालले गरेका थिए । तालिमको सहजीकरण रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी र पत्रकार शुस्मा पौडेलले गरेका थिए ।
तालिममा वडामा सामाजिक क्षेत्रमा क्रियाशिल सस्थाहरुका ५१ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ