पोखरा । पोखराका व्यवसायी बलराम गौतम मृत अवस्थामा फेला परेका छन् । माघ २ गते घरबाट निस्केका उनी शनिबार बिहान वीरगन्जमा मृत अवस्थामा फेला परेका हुन् ।
गौतममै केही दिन पहिला आफन्तलाई म्यासेज लेखेर आफू भारत रहेको जानकारी गराएका थिए । शनिबार बिहान साढे ५ बजेतिर वीरगन्ज बसपार्कसँगैको पार्कमा उनी आएको सिसिटिभी फुटेजबाट देखिएको छ ।
ओहोरदोहोर गरेपछि कुर्सीमा बसेर चिया पिएको देखिएको र त्यसलत्तै बसेकै ठाउँमा उनको टाउको झुकेको देखिएकाले हृदयाघातको अनुमान गरिएको छ ।
उनको शव पोस्टमार्टम गरेर शनिबार राति नै पोखरा ल्याइएको थियो । आइतबार तुलसीघाटमा उनको अन्त्येष्ठी गरिएको छ । सहकारी संघ पोखराका अध्यक्ष समेत रहेका व्यवसायी गौतम नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुन् । उनी पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक पनि हुन् ।
कास्की पुरनचौरका गौतम पत्नी गीता र ३ छोरी सहित पोखरा गैरापाटनमा बस्दै आएका थिए ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ