पोखरा । पोखरा महानगरपालिका—४ गैँह्रापाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्री पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ ।
धर्म संस्कृतिको संरक्षणको लक्ष्य सहित आगामी फागुन ६ गते शिवरात्री पर्वका दिन गैँह्रापाटनस्थित सर्वेश्वर महादेव मन्दिरको प्राङगणमा भजन प्रतियोगिता गर्न लागिएको नारी समूहका अध्यक्ष मीनु कोइरालाले जानकारी दिए ।
नारी समूहले विगतका वर्षहरुमा समेत कार्यक्रम गर्दै आएकामा पछिल्ला वर्षहरुमा कोरोनाका कारण रोकिएको थियो ।
भजन प्रतियोगिताको विजेता समुहले रु ३० हजार, द्धितीयले रु २० हजार, तृतीय हुने टोलीले रु १५ हजार र सान्त्वना हुनेले रु सात हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी नृत्य र भेषभुषामा उत्कृष्ट हुनेलाई रु तीन हजार ५०० सयका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
“सनातन धर्म, संस्कृति र सनातनदेखि चलिआएका सांस्कृतिक पर्वहरूहरुको संरक्षणका लागि भजन प्रतियोगिता आयोजना गरेका हौँ।” अध्यक्ष कोइरालाले भने ।
पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली मौलिक संस्कृति तथा पर्वहरु हराउँदै जाने अवस्थालाई न्यूनीकरण गरी नयाँ पुस्तालाई संस्कृतिको संरक्षणमा अग्रसर गराउन समेत प्रतियोगिताले मद्धत पुग्ने विश्वास आयोजकको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु तीन लाख चार हजार खर्च लाग्ने नारी समुहका कोषाध्यक्ष रचना कोइरालाले बताए । स्थानीय सरकार, विभिन्न संघ सस्था तथा व्यक्तिबाट सहयोग संकलन गरेर खर्चको व्यवस्था गरिने बताइन्छ ।
विसं २०५२ मा स्थापना भएको सर्वेश्वर नारी समुहले शिवरात्री सहित तीज पर्वमा खुला प्रतियोगिता सहित महिला सशक्तिकरणका लागि विभिन्न सीपमुलक तालिम सहित सामाजिक कार्यहरु गर्दै आएको सचिव इनु कोइरालले जानकारी दिए ।
सम्बन्धित खबर
सयौं च्याङ्ग्रा लिएर कहाँ गायब भए मुन्ना ? सँगै पोखरा झरेका च्याङ्ग्राधनी खोजेको खोज्यै
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट
संविधान दिवस : स्याङ्जामा प्रभातफेरी
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत वर्ष साढे ४ लाख बढीले लिए सेवा
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग