नेता घनश्याम भुसाल अस्पतालमा भर्ना

नेता घनश्याम भुसाल अस्पतालमा भर्ना

Ghanashyam_Bhusal

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन्।

कार चलाएर आलोकनगरस्थित पार्टी कार्यालय जाने क्रममा नेता भुसाल नयाँबानेश्वर पुगेपछि बेहोस भएका थिए।

कारमा बेहोस हुन पुगेका उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको समाजवादीका नेता अशेष घिमिरेले बताए।

भुसालको स्वास्थ्य अहिले सामान्य रहेको छ। उनी दुई साताअघि मात्रै समाजवादीमा प्रवेश गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds