पोखरा । पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि टर्निङका क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। विमानस्थलका अनुसार अवतरणपछि जहाज फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर जहाज घाँसे मैदानमा पुगेको हो।

विमानस्थलका सूचना अधिकृत काशिराम पौडेलका अनुसार दिउँसो २:४५ मा जहाज अवतरण गरेको थियो। जहाजमा पाइलट लविस चन्द सहित चालक दलका २ जना सदस्य १ परिचारिका थिए । काठमाडौंबाट ६ जना विदेशी र बाँकी स्वदेशी गरि ३० जना यात्रु बोकेर आएको उडान नम्बर ६८१ को ९ एन–एएचयू कलसाइनको जहाज धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेको हो। उनका अनुसार जहाजको पिच भाग छाडेर झन्डै २० मिटर बाहिर घाँसे मैदानमा पुगेको छ।

‘प्राविधिकले ‘हाइड्रोलिक फेलर’ भनेका छन्,’ प्राविधिको भनाई उद्घृत गर्दै पौडेलले भने, ‘यस विषयमा थप अनुसन्धान हुनेछ ।’ जहाजका यात्रु गाडीमा हालेर बाहिर ल्याइएको छ । जहाज चिप्लिएपनि विमानस्थल भने सूचारु छ।
विमानले रनवेलाई डिष्ट्रव नगरेको कारण उडान अवतरणमा समस्या नभएको उनले वताए । यद्यपी मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन । काठमाण्डौवाट ईन्जिनियरहरुको टोली आजै आएर विमानको मर्मत गरिने वताइएको छ ।

उक्त विमान रन वे भन्दा बाहिर पुगेसंगै उद्धारको लागि खटिएको विमान्स्थलको टोली दमकल सहित तत्काल विमानस्थल नजिक पुगेको थियो । पोखरा एयरपोर्ट देखि नागढुंगा क्षेत्रबाट उक्त विमान के भएको भन्ने बिषयमा हेर्नेहरुको केही समय भिड नै लागेको थियो ।

तस्बिर : उमेश पुन/भिम क्षेत्री
सम्बन्धित खबर
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु