गत वर्षकोभन्दा झण्डै दोब्बर बढी कम्पनी कालोसूचीमा

गत वर्षकोभन्दा झण्डै दोब्बर बढी कम्पनी कालोसूचीमा

Black-List

काठमाण्डौ। चालु आर्थिक वर्षको ६ महिनामा सरकारले विभिन्न ७८ वटा कम्पनीलाई कलोसूचीमा राखेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउन १ देखि माघ १५ सम्ममा कलोसूचीमा पर्ने कम्पनीहरुको संख्या ७८ पुगेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा यो संख्या ४१ वटा फर्म तथा कम्पनी थिए ।

कलोसूचीमा पर्ने अधिकांश कम्पनीहरुमध्येमा सबैभन्दा धेरै निर्माण सम्बन्धी कम्पनीहरु रहेका छन् । कलोसूचीमा राखिएका ७८ कम्पनीहरुमध्ये ५८ वटा कम्पनीहरु निर्माणसँग सम्बन्धित कम्पनीहरु छन् ।

त्यस्तै, १७ वटा कम्पनीहरु आपूर्तिकर्ता कम्पनीहरु रहेका छन् । यी बाहेक ३ कम्पनीहरु भने अन्य किसिमका सेवा प्रदायक कम्पनी रहेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्षको माघ १५ सम्ममा कलोसूचीमा पर्ने कम्पनीहरुको संख्या करिब दोब्बर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds