काठमाडौं । नवनियुक्त संघीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ लिएका छन्। शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्।
सपथपछि सभामुख घिमिरेले लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पद वहाली गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
यसैबीच, घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन्।
बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् ।
घिमिरे नेकपा एमालेकातर्फबाट झापा–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते