पोखरा । पृथ्वी राजमार्ग अन्र्तगत चितवनको चुम्लिङटारमा आज बिहान माईक्रो र ट्रक ठोकिँदा ३ जनाको मृत्यु भएको छ । अरु ७ जना घाईते भएका छन् ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पानीधारामा ठक्कर दिएको हो । चितवन प्रहरीका अनुसार, ३ जनाको मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।
घाइतेहरुको उद्धार गरेर उपचारका लागि भरतपुर लगिएको छ । घाइतेमध्ये ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बासामाडीका सुरेश बलको मात्रै परिचय खुलेको छ । ट्रक त्रिशूली नदी किनारमा पुगेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित खबर
रवि लामिछानेलाई काठमाण्डौ लैजाने तयारी, हिजो लगिएन
सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन: सञ्चारमन्त्री गुरुङ
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम