देश नै शोकमा छ मन्त्री गुरुङ

देश नै शोकमा छ मन्त्री गुरुङ

pancha ram photo 1

पोखरा । माघ १ मा पोखरामा भएको यती एयरको विमान दुर्घटनाले देश नै शोकमा डुवेको गण्डकी प्रदेशका मन्त्री पञ्चराम गुरुङले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगर समितिले पोखराको पृथ्वीचोकमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै दुखद घटना भएको बताए । यस्ता दुर्घटना न्युनिकरण गर्नको लागि राज्यले अवास्यक पहल गर्नुपर्ने गुरुङको भनाइ छ ।

माघ १ गते कालो दिन भएको बताउदै मन्त्री देश नै आँसुमा डुवेको बताए ।

पोखरा १५ मा विमान दुर्घटनामा चालक दल सहित ७२ जना परेका थिए । ति मध्य ६९ जनाको शव भेटिएको छ । तिन जनाको खोजी कार्य भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ