वडासदस्यलाई जातिय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष पक्राउ

वडासदस्यलाई जातिय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष पक्राउ

bharat-adhakari

पोखरा वडा नंं. २४ का अध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

वडा सदस्य मैया नेपालीले वडाध्यक्षले अपमानजनक अपशब्द बाेलेर जातिय विभेद गरेको भन्दै उजुरी दिएकी थिइन् । नेपालीलाई ‘तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ जस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् ।

अधिकारीले पटकपटक अमयार्दित अमानवीय, गैरकानुनी शब्दहरु प्रयोग गरेर दुव्र्यवहार गर्दै पदीय दायित्व भुलेकाले कारबाहीको माग गरिएको थियो ।

वडा सदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच दोहोरो संवाद हुँदै गर्दा अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ । नेकपा एमाले पाेखरा २४ वडा कमिटिले पनि विज्ञप्ति निकालेर वडाध्यक्षमाथि कारबाहीकाे माग गरेकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds