गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त, साढे ४ बजे शपथ

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त, साढे ४ बजे शपथ

Khagaraj adhikari cm

नेकपा एमाले, गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गरेका अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना गरी ३३ जना सांसदको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् ।

उनको शपथ आजै साँझ साढे ४ बजे प्रदेश प्रमुखको निवासमा गर्ने तयारी छ । नेकपा एसले संघमा सरकारकाे समर्थन नगरिसकेकाे अवस्थामा हालै स्वतन्त्रबाट समाजवादी प्रवेश गरेका राजीव गुरूङ ‘दीपक मनाङे’ले भने एमाले नेतृत्वकाे गठबन्धन सरकारलाई समर्थन गरेका हुन् ।

स्वास्थ्य र केही समय गृहमन्त्रालयकाे जिम्मेवारी सम्हालिसकेका नवनियुक्त मुख्यमन्त्री अधिकारी प्रदेश सरकारकाे नेतृत्व गर्नकै लागि संघबाट प्रदेश झरेर चुनाव लडेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds