काठमाडौं । भारतको लखनउमा बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ ।
अस्ति शनिबार राति १२ बजेतिर गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । दुर्घटनामा परी कैलाली टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको पुष्टी भएको छ ।
तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । अन्य १७ जना घाइते भएका छन् ।
बस दुर्घटनाको कारण भने खुलेको छैन ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ