पोखरा २४ का वडाध्यक्षले दलित महिला सदस्यलाई जातिय विभेद गरी अपमान गरेकाे भन्दै कारबाहीकाे माग

पोखरा २४ का वडाध्यक्षले दलित महिला सदस्यलाई जातिय विभेद गरी अपमान गरेकाे भन्दै कारबाहीकाे माग

bharat pkr 24

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले आफ्नै वडाका दलित महिला सदस्यलाई  जातिय विभेद गरी अपमानजनक अपशब्द बाेलेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ ।

वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई “तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्” जस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै एमाले पोखरा महानगर २४ वडा कमिटीले कारबाही माग गरेको छ ।

एमालेको विज्ञप्तिमा भनिएको छ, ‘एतिहासिक सामाजिक, सांस्कृतिक रुपले महत्वपूर्णको हाम्रो वडामा वडा समिति सञ्चालन गर्न क्रममा वडा अध्यक्ष भरतबहादुर अधिकारीले वडा सदस्यहरुलाई पटकपटक अमयार्दित अमानवीय, गैरकानुनी शब्दहरु प्रयोग गरेर दुव्र्यवहार गर्दै आउनुभएको विषयले हाम्रो पार्टी नेकपा एमालेको गम्भीर ध्यानकर्षण भएको । पदीय दाइत्व भुलेर गर्ने यस्तो हर्कतप्रति कारबाहीको माग गदछौं ।’

वडा सदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच दोहोरो संवाद हुँदै गर्दा अपमानजनक शब्द बोलेको विज्ञप्तिमा उल्लेख छ ।

“अध्यक्ष अधिकारीले प्रदेश र संघीय कार्यालमा गएर बजेट ल्याएर कार्यान्वय गर् । तँलाई महानगरले दिने तलब भत्ता बराबरका रकमका मानिस त मैले घरमा गरिराखेको छु । म यो रकम बराबरको रकम आफै गर्न सक्छु । तँ तलब भत्ता खान आएकी होस् घरमै बसेर खाँ’’ जस्ता अपमान जनक शब्द बोलेको गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds