नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति भएपछि सात प्रदेशका मुख्यमन्त्रीको टुंगो लागेको छ।
प्रचण्ड निवास खुमलटारमा बुधबार भएको वार्तापछि दुई नेताले प्रदेश सरकारको भागवण्डा मिलाएका हुन् । नेताद्वयबीच भएको सहमति अनुसार गण्डकीसहित प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिने भएको छ। यस्तै, माओवादीले बाग्मती र सुदुरपश्चिमकाे नेतृत्व गर्नेछ । गठबन्धनको भागवण्डा अनुसार मधेश प्रदेशमा जनता समाजवादी र जनमत पार्टीले आधा आधा कार्यकाल सरकार चलाउने छन्।
भागवण्डाअनुसार गण्डकीमा नेकपा एमालेले सरकार बनाउने भएको छ। एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारी संसदीय दलको नेतामा चयन भइसकेका छन्। त्यसैले, अबकाे मुख्यमन्त्री खगराज अधिकारी नै हुन् ।
एमाले गण्डकी प्रदेश संसदीय दलको आइतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो।एमाले सङ्गठन विभाग प्रमुख अधिकारी कास्की क्षेत्र नम्बर १ (क)बाट प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। अघिल्लो पटक प्रतिनिधिसभाका सदस्य उनी यस पटक मुख्यमन्त्री बन्नकै लागि प्रदेशमा झरेका हुन्। गण्डकीमा ६० सदस्यीय संसद छ। जहाँ सरकार बनाउन ३१ सांसद चाहिन्छ। गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सहित गठबन्धनका ३२ जना सांसद छन्।
प्रदेश १ मा सरकारको नेतृत्व एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गर्ने छन्। उनी गत आइतवार एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन्।
मधेश प्रदेशमा जनता समाजवादी र जनमत पार्टीले आधा आधा कार्यकाल सरकार चलाउने छन्। त्यहाँ पहिलो कार्यकाल जसपाले सरकारको नेतृत्व लिने सहमति भएको छ। यस्तोमा मुख्यमन्त्रीको प्रवल दाबेदारमा बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट विजयी सरोज यादव छन्। अघिल्लो कार्यकाल प्रदेशसभा सभामुखसमेत रहेका जसपा नेता यादवलाई मुख्यमन्त्री बनाउने तयारी छ।
गठबन्धनबाट बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व लिने भएको छ। यहाँ माओवादीबाट संसदीय दलको नेता चयन भइसकेको छैन। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (२) बाट विजयी भएका सरल सहयात्री पौडेल मुख्यमन्त्रीका एकजना दाबेदार हुन्। उनी माओवादीका बागमती प्रदेश अध्यक्ष पनि हुन्। बागमतीमा मुख्यमन्त्रीका अर्का दाबेदार हुन् शालिकराम जम्कट्टेल। मंसिर ४ को निर्वाचनमा धादिङ क्षेत्र नं १ ‘२’ बाट विजयी भएका उनी मुख्यमन्त्रीका बलिया दाबेदार हुन्। जम्कट्टेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट निर्वाचित भएका थिए। उनले बागमती प्रदेशसभाको पहिलो कार्यकालयमा दुई वटा मन्त्रालय सम्हालिसकेका छन्।
नेकपा एमालेकै भागमा लुम्बिनी परेको छ। लुम्बिनी प्रदेशसभाको पहिलो कार्यकालको सरकारको नेतृत्व एमाले महासचिव शंकर पोखरेलले गरेका थिए। लुम्बिनीमा एमालेले दलको नेता छानिसकेको छैन। त्यहाँ एमाले पोलिट्ब्युरो सदस्य लीला गिरी मुख्यमन्त्रीक प्रवल दाबेदार हुन्।
त्यसैगरी एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र केन्द्रीय सदस्य चेतनारायण आचार्य पनि मुख्यमन्त्रीको दौडमा छन्। लुम्बिनीमा एमालेले संसदीय दलको निर्वाचन गरिसकेको छैन। तर पार्टीमा सिनियर पनि भएकाले लीला मुख्यमन्त्री हुने सम्भावना छ।
कर्णाली प्रदेशमा यो पटक नेकपा एमालेले सरकार बनाउने भएको छ। कर्णालीमा एमाले नेता यामलाल कँडेल सरकारको नेतृत्वमा पुग्नेछन्। अघिल्लो कार्यकाल पनि दलको नेता रहेका कँडेल यस पटक पनि सर्वसम्मत चयन गरिएको छ।
सुदूरपश्चिममा अब नेकपा माओवादी केन्द्रले सरकार बनाउनेछ। अघिल्लो पटक माओवादीकै नेता त्रिलोचन भट्टले पूरा कार्यकाल सरकार चलाएका थिए। गठबन्धनमा तलमाथि हुँदा अन्य प्रदेशका सरकार ढले पनि सुदूरपश्चिममा भट्टले पूरै कार्यकालय सरकार हाँके। सुदूरपश्चिममा माओवादीबाट ओमविक्रम भाट ‘सरल’ र खगराज भट्ट मुख्यमन्त्रीका दाबेदार छन्।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर