मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

messi

काठमाडौं । विश्व विजेता अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट्स पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन्।

बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो।

३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाएका थिए। अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै तेस्रो पटक उपाधि जित्दा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

मेसीको यो पहिलो विश्वकप उपाधि हो। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्ने मेसीले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए।

मेसीले यस विश्वकपमा ७ खेलमा ७ गोल गरे। उनले ७ मध्ये ६ खेलमा गोल गरेका थिए भने फाइनलमा २ गोल गरेका थिए।

विश्वकप उपाधि जितेपछि मेसी विश्वकै महान खेलाडीको सूचीमा समावेश भएका छन् र पेले र म्याराडोनाको लेभलमा पुगेका छन्।

अर्जेन्टिनालाई पहिलो उपाधि दिलाएपछि मेसीले सन्यास नलिने समेत प्रष्ट पारेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds