अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा १९ जनाको मृत्यु, ३२ घाइते

अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा १९ जनाको मृत्यु, ३२ घाइते

Aagalagi

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ।

राजधानी काबुलको उत्तरी प्रान्त जोड्ने सुरुङमा इन्धन बोकेको ट्यांकर पल्टेर विस्फोट भएको थियो। घटनामा ३२ जना घाइते भएका छन्।

उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

विस्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

घाइतेहरुको अवस्था भने गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। सुरुङ ३४ सय मिटरको उचाइमा रहेको छ।

सोही सुरुङमा सन् १९८२ मा पनि आगलागी हुँदा ४ सय जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds