पोखरा । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ।
अरुणाचल प्रदेशको हिमाली भेग थवाङमा दुई देशका सैनिकबीच गत शुक्रबार झडप भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। घटनामा दुवैतर्फ सैनिकहरु घाइते भएको जनाइएको छ।
१७ हजार फिटको उचाईबाट चिनियाँ सैनिकले सिमा पार गर्न खोजेपछि झडप भएको बताइएको छ।
यस क्षेत्रमा विगतमा पनि झडप हुने गरेको थियो। भारत र चीनको विवादित भूभाग अरुणाचलमा हाल भारतको नियन्त्रण रहेको छ। उक्त क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै दाबी गरिरहेको छ।
सैनिक र कुटनीतिक तहमा सीमा विवाद सल्टाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्ने विषयमा पटक—पटक वार्ता भए पनि समस्या हल हुन सकेको छैन।
गत वर्ष अक्टुबरमा पनि सोही क्षेत्रमा दुई देशका सेनाबीच झडप भएको थियो। त्यसअघि सन् २०२० को अगस्टमा पनि भारतीय र चिनियाँ सैनिकबीच गलवान उपत्यकामा झडप भएको थियो भने सोही वर्ष मे मा लद्दाखमा झडप हुँदा दुवैतर्फका सैनिकहरु मारिएका थिए।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम