काठमाडौं । आज अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा घोषणा गरेपछि हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो ।
पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले पर्वत दिवस मनाउन थालिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा वुमन मुभ माउन्टेन अर्थात् महिलाहरुले पर्वतलाई चलाउन सक्छन् भन्ने रहेको छ ।
पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतयुक्त छ । ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसंख्याको १३ प्रतिशत अर्थात ९१ करोड ५० लाख मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।
विश्वको कुल जनसंख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन् । यसैगरी, नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ । जसको कुल १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ । विश्वका मुख्य हिमालहरू मध्ये धेरै जसो नेपालमा नै पर्ने भएकाले विश्व समुदायले चासो व्यक्त गर्ने गरेका छन् ।
This will close in 3 seconds
सम्बन्धित खबर
जापानमा आम निर्वाचन हुँदै
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
ट्रम्पमाथि पूर्व मोडेल विलियम्सले लगाइन् यौन दुर्व्यवहारको आरोप
फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु
बाहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा
दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा, काठमाडौँको पनि अस्वस्थ
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा
उपाधिमा चुकेपछि नेपाली टोलीका प्रशिक्षक तामाङद्वारा राजीनामा