बिरामी छोरी भेट्न गएकी सराङकोटकी घर्तीको मणिपाल अस्पतालबाट खसेर मृत्यु

बिरामी छोरी भेट्न गएकी सराङकोटकी घर्तीको मणिपाल अस्पतालबाट खसेर मृत्यु

Manipal-Medical-College

पोखरा । पोखरा महानगरपालिका–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ।

पोखरा–१८ सराङकोटकी ७१ वर्षीया धनसरी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार बिरामी भएर भर्ना भएकी छोरीलाई भेट्न जाँदा शुक्रबार दिउँसो अस्पतालको तीन तलाबाट खसेर उनको मृत्यु भएको हो।

उनकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन्।

अहिले अस्पताल प्रशासन र पीडित परिवारबीच वार्ता चलिरहेको छ।

अस्पतालमा पुनर्निर्माणको काम भइरहेको र उनी किन छेऊतिर गइन् भन्ने बुझ्न नसकिएको अस्पताल व्यवस्थापनले जनाएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds