काठमाडौं । नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय बनाएको छ।
आइतबार बिहानै बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरको कम्पाउण्ड छेउमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो।
तारले बेरिएको प्रेसर कुकर फेला परेकोमा सेनाको टोलीले डिस्पोज गरेको हो। सेनाले निस्क्रिय बनाएको शंकास्पद वस्तु बम भने नभएको पुष्टि भएको छ।
हालै सम्पन्न निर्वाचनमा काभ्रे–२ बाट प्रतिनिधि सभामा निर्वाचित बास्कोटा भने हाल काभ्रेमै रहेका छन्।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ