पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को एक महिने कपाल काट्ने तालिम सम्पन्न भएको छ।
युवालाई स्वरोजगार बनाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक सिपमूलक कपाल काट्ने तालिम वडा नम्बर १५ का १० जना युवालाई एक महिनासम्म दिइएको वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए। एक महिनासम्म तालिम सिकेर एक हप्तासम्म वडावासीको निशुल्क कपाल काटिरहेको पनि बानियााँले बताए।
त्यस्तै वडा सदस्य आशिष भण्डारीले पोखरा १५ स्थित सिद्ध मावि फलेपाटनका १५० विद्यार्थीहरु र वडामा आउने वडाबासी गरि हप्ताभरिमा लगभग ३०० जनाको कपाल काटिएको बताए।
सिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोइरालाले वडा नम्बर १५ को एक मात्र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निशुल्क कपाल काट्ने सुविधा दिएकामा निकै खुसी लागेको भन्दै धन्यवाद व्यक्त गरे।
कपाल काट्ने तालिम व्यवसायिक प्रशिक्षक गंगादेवी गुरुडले प्रशिक्षण दिएकी थिइन्।
युवा स्वरोजगार अन्तर्गतको यस तालिममा पोखरा महानगरपालिका वडा नं. १५ र ग्लो संस्थाको सहकार्यमा भएको हो।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ