विश्वकै सक्रिय ज्वालामुखी विस्फोट

विश्वकै सक्रिय ज्वालामुखी विस्फोट

Volcano

काठमाडौं । अमेरिकाको हवाईस्थित विश्वकै सबै भन्दा सक्रिय मानिने ज्वालामुखी पहाड ‘माउना लोआ’ बाट ज्वालामुखी विस्फोट भइरहेको छ ।

करिब ४० वर्षपछि पहिलो पटक सो ज्वालामुखी सक्रिय भएको हो । पहाडको टुप्पाको वरपर मात्र लाभा बगिरहेकाले फेदमा रहेका समुदायलाई खासै खतरा नरहेको बताईएको छ । यद्दपी अमेरिकी भौगर्भिग विभागले भने परिस्थिति कुनै पनि बेला खतरनाक हुनसक्ने चेतावनी दिएको छ ।

हवाईको विग टापु र वरपरका जलीय क्षेत्र र त्यहाँका बासिन्दालाई लाभाको खरानी खस्ने बारेमा सतर्क गराइएको छ ।

हवाइको विग टापु र वरपरका जलीय क्षेत्र र त्यहाँका बासिन्दालाई लाभाको खरानी खस्नेबारे सतर्क गराइएको छ । त्यसैगरी ज्वालामुखीको सतर्कता स्तरलाई बढाएर ‘सल्लाह’बाट ‘चेतावनी’मा पुर्‍याइएको छ ।

यसअघि सन् १९८४ का मार्च र अप्रिलमा माउना लोआ विस्फोट हुँदा लाभा हिलो सहरको पाँच माइल दूरीसम्म बगेको थियो । यो पछिल्लो विस्फोट आइतबार राति यस पहाडको टुप्पो काल्डेराको मोकुआविओविओमा भएको हो ।

ज्वालामुखी विस्फोट हुँदा वरपरका क्षेत्रमा दर्जनौं पटक २ दशमलव ५ रेक्टर स्केल भन्दा शक्तिशाली कम्पन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

यो पनि पढौँ

भर्खरै

हात्तीको आक्रमणबाट महिलाको मृत्यु
गोरुले हान्दा एक जनाको मृत्यु
डिजेल र मट्टितेलको मूल्य घट्यो
आज तिहारको कुनै पर्व छैन, छवटा पर्व शनिबार
बदली र वर्षाको सम्भावना कहाँ-कहाँ?

ट्रेन्डिङ


This will close in 3 seconds