काठमाडौं । १५२ जना यात्रु लिएर मुम्बई उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए ३२० (आरए २०१) जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ ।
विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार यो जहाज बिहान ११ः३० मा भारतको मुम्बई उड्ने तयारीमा थियो । सोही अनुसार यात्रु चढाइएको थियो । तर, इन्जिन स्टार्ट हुन सकेन । प्राविधिक समस्याका कारण इन्जिन स्टार्ट नभएपछि सो जहाज ग्राउन्डेड भएको छ ।
आइतबार नै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी जहाजमा यस जहाजका यात्रु राखेर जहाज मुम्बई पठाउन लागिएको छ । जहाज मुम्बईबाट आइतबार नै काठमाडौं फिर्ता हुनेछ । इन्जिन स्टार्ट नभएको जहाजको भने प्राविधिक जाँच सुरु गरिएको बताइएको छ ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ