यस्तो छ आजको मौसम पूर्वानुमान!

यस्तो छ आजको मौसम पूर्वानुमान!

mausam

पोखरा । देशका केही स्थानको मौसम आज शुक्रबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान देशका तराई भुभागका केहि स्थानमा हुस्सुरकुहिरो लागेको र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राती देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराई भूभागमा हुस्सुरकुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds