काँग्रेसले मुस्ताङबाट खाता खोल्यो, २९ वर्षका याेगेश बने सबैभन्दा कान्छा सांसद

काँग्रेसले मुस्ताङबाट खाता खोल्यो, २९ वर्षका याेगेश बने सबैभन्दा कान्छा सांसद

Yogesh

नेपाली कांग्रेसले मुस्ताङबाट जीतकाे खाता खाेलेकाे छ । कांग्रेस नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले एमालेका उम्मेदवार प्रेमबहादुर तुलाचनलाई पराजित गरेका हुन् ।

गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।  अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमीलाई पराजित गरेका थिए । याेगेश सम्भवतः सबैभन्दा कान्छा सांसद बनेका छन् ।

प्रेमबहादुर तुलाचन र योगेश थकाली नातामा साला–भेनाबीच पर्छन् । रोमी गौचन र प्रेम तुलाचन मामा–फुपूका छोरा (सोल्टी) हुन् । मुस्ताङका स्थानीयको भनाइमा कांग्रेस उम्मेदवार योगेशले एमाले उम्मेदवार तुलाचनलाई भेना भन्छन् । त्यसैले मुस्ताङमा एमाले र कांग्रेसबीचको प्रतिस्पर्धाभन्दा पनि साला–भेनाको प्रतिस्पर्धाको रूपमा हेरिएको थियो ।

स्थानीय स्तरमा बलियो संगठन रहेको एमालेका उम्मेदवार भएका कारण पनि तुलाचन बलिया मानिन्थे । ३० वैशाखमा भएको स्थानीय चुनावमा पनि एमाले हावी भएको थियाे । एमालेले मुस्ताङका ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष जितेको छ । कांग्रेस एउटा पालिकाको अध्यक्ष र २ उपाध्यक्षमा सीमित रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds