काठमाडौं । नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको आरोप छ ।
गएराति निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि प्रहरी टोली पुगेको थियो ।
स्थानीयले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखेको प्रहरीले बताएको छ ।
स्थानीय बासिन्दाले पैसा बाँडेको आरोप लगाए पनि पैसा बरामद नभएको प्रहरीले जनाएको छ ।
एमाले उम्मेदवार निरौलाले भने क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको बताएका छन् । साथै उनले पैसा बाँड्न गएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
एमालेको काठमाडौं ५ निर्वाचन परिचालन कमिटीले पनि विज्ञप्ति निकालेर पैसा बाँडेको भनेर बद्नाम गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।
सम्बन्धित खबर
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम