काठमाडौं । नेपालगञ्जको भृकुटीनगरमा बम विष्फोट हुँदा २ जना घाइते भएका छन्।
विष्फोटमा परी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका छन्।
बुधबार बेलुकी नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर स्थित दिवाकार मल्लको घरमा रहेको अध्यक्ष डिसीको कोठामा बम बनाउने क्रममा विस्फोट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि भाग्न खोज्दा प्रेसर कुकर बम विस्फोट भएको थियो । घाइते भएका बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
कोठाभित्र भेटिएको दुईवटा बममध्ये एउटा विस्फोट भएको र अर्को नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरीले जनाएको छ। भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताले बम बनाइरहेका र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ