पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङले ‘माइला’ ले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने बताएका छन् । मंगलबार पोखरा–१४ मा मतदाता भेटघाट कार्यक्रम र घरदैलो कार्यक्रममा उनले सुकुम्बासीका समाधान गर्ने बताए ।
‘सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रुपमै ती समस्या समाधान गर्नेछु,’ उनले भने, ‘पहिला हजुरले प्रदेश सांसद बनाएर पठाउनुहोस् ।’ उनले जनताको सेवाका लागि राजनीतिमा आएको सुनाउँदै जिम्मेवारी वहन गर्ने आतुर रहेको बताए । ‘जनतालाई खुशी र सुखी बनाउनेछु,’ उनले भने, ‘स्वार्थको राजनीति गर्नु छैन मलाई । जनताले आसपास रहेर काम गर्नेछु ।’
उनले राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता गरेका छन् । गुरुङले मतदाताले गर्व अनुभुति गर्ने गरी आफूले काम गर्ने उल्लेख गरे । उनले राजनीतिमा अनुशासन, मर्यादा र शुद्वता आवश्यक रहेको जनाउँदै वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने विचार राखे ।
कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापन गर्ने योजना र नीति बनाउन भूमिका निर्वाह गर्ने उनको भनाइ छ । ‘सामुदायिक विद्यालयलाई नीजि विद्यालयको सरहको सुविधा दिइनेछ,’ उनले भने, ‘जनसंख्या, भूगोल र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालनको पहल गर्नेछु ।’ वर्तमान बजारले खोजका जनशक्ति उत्पादनमा शिक्षण संस्थालाई सिकाई केन्द्रका रुपमा विकास गर्ने उनले सुनाए । ‘सामुदायिक विद्यालयमा न्यूनतम तहको प्राविधिक पढाईका लागि पहल गर्नेछु,’ उनले भने ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ