काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका छन्।
सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावी सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन गरिएको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तोकिएको ठाउँमा पुगेर सुरक्षा तयारी सुरु भएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन भइ सबै ठाउँमा पुगिसकेका बताए। सेनाले हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिसकेको छ।
एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना मतदानस्थलको बाहिरी सुरक्षामा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थकको नियन्त्रण तथा निष्क्रिय गर्नेलगायतमा परिचालन हुनेछन्। सुरक्षा संवेदनशील रहेका मतदानस्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६ सय १० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते