पोखरा । अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ। अमेरिकामा राष्ट्रपति चुनावको दुई वर्षपछि हुने चुनावलाई मध्यावधि अर्थात् मध्यान्तर चुनाव भन्ने गरिएको छ।
अमेरिकी तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको एक सयमध्ये ३५ ठाउँमा चुनाव हुन लागेको हो । राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्त्वका साथ लिएका छन् ।
अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियानमा छन् ।
साथै, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताउन लागि परेका बीबीसीले जनाएको छ । अहिले अलास्का, इन्डियाना, केन्टुकी, लुजियाना, ओक्लोहामा, साउथ क्योरोलिनासहित १४ वटा राज्यमा रिपब्लिकन पार्टीको वर्चस्व छ।
क्यालिफोर्निया, इलिनोई, मेरिल्यान्ड, न्युयोर्कलगायत आठ वटा राज्यमा डेमोक्रेटिक पार्टीको पकड छ ।
सम्बन्धित खबर
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
कङ्गोमा पत्ता नलागेको रोगबाट ७९ जनाको मृत्यु
आज विश्व एड्स दिवस
भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
यो पनि पढौँ
सुनचाँदीको मूल्य घट्यो
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ