गाेरखा — बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत बरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटालाई शनिबार जन्मघर गोरखा पुर्याइएकाे छ । जन्म घरको पिँढीमा बस्ने र सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेपछि उनलाई हेलिकोप्टरमार्फत ल्याइएको
जीवनको अन्तिम क्षण आफ्नै घरमा बिताउने रहर पूरा गर्न डाक्टर उपेन्द्र देवकोटालाई हेलिकप्टरबाट गोरखा लगिएको हो। शनिबार दिउँसाे उनलाई गोरखाको पालुङटार नगरपालिका–३ बोहोरा गाँउस्थित जन्मघर पुर्याइएको हो।
न्यूरो अस्पतालबाट हेलिकोप्टरमा राखेर सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो। हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट करिब १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुर्याए। उनलाई केहीबेर पुर्खौली घरमा राखेर काठमाडौं फर्काउने तयारी छ।
देवकाेटालाई भेट्न जन्मथलाेमा भीड लागेकाे छ। हेलिप्याड बनाएकाे ठाँउमा आफन्त र शुभचिन्तक भरिएका छन्। उनले प्रतिनिधि सभा निर्वाचनको समयमा तत्कालीन वाम गठबन्धनबाट चुनावमा गृह जिल्ला गोर्खा पुगेर भाषणसमेत गरेका थिए ।
सोहि क्रममा उनले स्वास्थ्यमा असहज महसुस गरेपछि काठमाण्डौ फर्किएका थिए । त्यसपछि अहिले मात्र उनलाई गोरखा लगिएको हो ।
आज दिउँसो २ बजेर १० मिनेटमा उनलाई लिएर हेलिकप्टर गोरखातिर लागेको हो। अस्पतालका कर्मचारी तथा उनका शुभेच्छुकहरुको न्युरो अस्पतालमा भिड लागेको थियो । उनलाई लिएर उडे लगत्तै हुरी र झरीका कारण केही बेर हेलिकप्टर फेरि अवतरण गर्नुपरेको थियो। १५ मिनेट रोकिएपछि फेरि हेलिकप्टर उडेको हो।
देवकोटाको पित्त थैलीमा क्यान्सर भएको हो। नराम्रो क्यान्सरको क्याटोगरीमा पर्ने रोग लागेको देखिएपछि उनलाई बेलायतमा पाँच महिना उपचार गराइएको थियो। उपचारले रोग निको नहुने अवस्था भएपछि उनले नेपाल फर्कने निर्णय लिएका थिए।
बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराएका हुन। त्यही बीच नै उनले आफ्नो जीवनको अन्तिम क्षण नजिक रहेको खुलासा गरेका थिए। सँगै उनलाई ‘वाइल डक्ट’ (पित्त थैली) क्यान्सर भएको पनि सार्वजनिक भएको थियो।
नेपालको चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका डाक्टर देवकोटा राजा ज्ञानेन्द्रको सक्रिय कार्यकालमा स्वास्थ्यमन्त्री समेत रहेका थिए।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम