इस्लाम्बाद। पाकिस्तानको गुजरनवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानको कन्टेनर नजिकै गोली हानाहान भएको छ ।
पाकिस्तान तहरीक-ए-इन्साफका नेता डाक्टर यास्मिन राशिदलाई उद्धत गर्दै उक्त गोलीबारीमा पूर्वप्रधानमन्त्री समेत रहेका इमरान खान घाइते भएको बीबीसी हिन्दीले जनाएकाे छ ।
पीटीआईका महासचिव असद उमरले गोलीबारीमा इमरान खानको खुट्टामा गोली लागेको बताएका छन् । उनलाई लाहोर लगिएको छ ।
उद्धार अधिकारीका अनुसार घटनामा तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ