काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरूले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले यस पटकदेखि मतदानको १७ दिन अघिदेखि मात्रै चुनाव प्रचार प्रसार गर्न पाउने आचार संहिता लागू गरेकाले आजदेखि मात्र दल तथा उम्मेदवारहरुले प्रचार प्रसारका लागि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका हुन् ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । उक्त ब्यवस्था अनुसार कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाउने बाटो खुलेको हो ।
खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरूको चुनावी दौडाहा पनि सुरु भएको छ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ