पाँच वर्षमा नेपालको अर्थतन्त्र एक सय खर्ब पुर्याउने एमालेको घोषणा

पाँच वर्षमा नेपालको अर्थतन्त्र एक सय खर्ब पुर्याउने एमालेको घोषणा

emale’

काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । जसमा एमालेले आगामी पाँच वर्षमा नेपालको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ पुर्याउने घोषणा गरेको हो ।

मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्दै उनले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने घोषणा गरेका हुन् । यसका साथै उनले नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्‍याउने पनि घोषणा गरेका छन् ।

त्यस्तै, एमालेले घोषणापत्रमा दस हजार लिटर पानी निस्शुल्क बाँड्ने उल्लेख गरेको छ । यसका साथै ५० युनिट बिजुली निस्शुल्क बाँड्ने, ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्याउने, ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने र न्यूनतम् ज्याला रु २५ हजार पुर्याउने लगायत एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds