काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

baby

काठमाडौं । काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तल्लाको झ्यालबाट खसेर उनकी दुई वर्षीया छोरी रियासा महर्जनको मृत्यु भएको हो।

आइतबार राति आफ्नै घरको पाँचौं तल्लाबाट खसेर गम्भीर घाइते भएकी रियासाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds