पर्वतमा आगलागीबाट पसलसहित घर जलेर नष्ट

पर्वतमा आगलागीबाट पसलसहित घर जलेर नष्ट

aago

साङ्केतिक चिन्ह

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाकुरीमा संचालित एक किराना तथा खाद्यान्न पसलमा आगलागी भएको छ।

शुक्रबार राति १२ बजे कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका धनबहादुर कुवरको भिषण किराना तथा खाद्यान्न पसलमा आगलागी भएको हो। आगलागीबाट पसलमा बिक्रिका लागि राखिएका सम्पुर्ण सामाग्री सहित घर जलेर नष्ट भएको छ।

मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट झण्डै रु. २५ लाख रुपैयाँको क्षति भएको बताइएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ