म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

accident a

पर्सा । म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पर्साको बिन्दबासिनी गाउँपालिका–२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मी रहेको मृत्यु भएको हो।

असोज ५ गते बिहान ०७ः१७ बजे पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना.१३प३५४४ नं. को मोटरसाइकलले ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारार्थ कलैया अस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो।

थप उपचारको लागि एल.एस.न्युरो अस्पतालमा रिफर गरिएको थियो। उपचारको क्रममा उनको सोमबार अपराह्न पौनै ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल र यादवलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

यादव मंसिर–४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि छनौट भएको म्यादी प्रहरी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds