पोखरा १४ मा एमालेको चुनाव प्रचारप्रसार समिति कार्यालय स्थापना

पोखरा १४ मा एमालेको चुनाव प्रचारप्रसार समिति कार्यालय स्थापना

Photo

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ मा नेकपा एमालेले चुनाव प्रचारप्रसार समितिको कार्यालय स्थापना गरेको छ ।

कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) ले प्रचार कार्यालयको उद्घाटन गर्दै पाटीका नेता कार्यकर्तालाई मतदाताहरुको साथमा सधैं एमाले रहने र स्थानियका विकासका कार्यदेखि नीति निर्माण पनि नेकपा एमाले पाटीले मात्र वकालत गर्न सक्ने कुरा बुझाउन निर्देशन दिए ।

उनले वडावासीको हितका पक्षमा आफू सर्दैव लागिरहने बताउँदै एमालेलाई मंसिर ४ गते हुने निर्वाचनमा पहिलो पाटी बनाउन सुर्य चिन्हमा मतदान गर्न सबै मतदातामा अनुरोध गरे ।

कार्यक्रममा प्रत्येक दिन वडाबासीका घरदैलोमा जाने र एमाले पाटीले मात्र जनताका हितमा काम गर्ने कुरा बुझाउने कार्यक्रम रहेको एमाले नेता पसबहादुर बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds