काठमाडौं । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भएका हुन् । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेका थिएनन् ।
सीले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् । सी जिनपिङको टोलीमा ली कियांग, शाओ लेजी, वाङ हुनिङ, काई के डिंग शेशियांग र ली शी समावेश छन् जसमध्ये ली कियांगलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । उनले ली केकियांगको स्थान ओगटेका छन् ।
पार्टीको नेतामा निर्वाचित भएपछि सीले आफ्नो सम्बोधनमा आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद व्यक्त गरेका छन्।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ