काठमाडौं । राजनीतिज्ञ एवम् पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ।
नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ थिइन्। उनको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो।
उनलाई गएको असोज २५ गते भर्ना गरी पाँच दिनपछि घर लगिएको थियो। तर पुनः स्वास्थ्य अवस्था जटिल भएपछि भर्ना गरिएको थियो । उनी अविवाहित हुन्।
उनको जन्म विस १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा भएको थियो।
उनको पार्थिव शरीरलाई बिहान साढे ९ बजेपछि एक घण्टा पार्टी कार्यालय कमलनगरमा राखेर दिउँसो देवघाट लगिने बताइएको छ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ