बेगनास तालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । पोखराको माझीकुना स्थित बेगनासतालमा शुक्रबार डुङ्गा पल्टिँदा एक पुरुषको मृत्यु हो ।
पोखरा १३ बाझापाटन घर भएका ३८ वर्षीय लालबहादुर गुरुङको तालमा डुबेर मृत्यु भएको हो । गुरुङले माझीकुनाको एक स्थानीय होटलबाट आफै कायक डुङ्गा लिएर तालमा घुम्न गएकाे प्रहरीकाे भनाइ छ ।
उनीसँगै उनको साली नाता पर्ने महिला पनि कायक डुङ्गा लिएर गएकोमा गुरुङ डुबेपछि सहयोगका लागि गुहार मागेकी थिइन् । त्यस लगत्तै महिलाको उद्धार गरेर खोजीकार्य थाले पनि गुरुङ भने फेला परेका थिएनन् ।
करिब साढे चार बजे डुबेका गुरुङको शव दुई घण्टापछि फेला परेको थियो । पाँच वर्षदेखि अस्ट्रेलिया बस्दै आएका गुरुङ चाडबाड मनाउन नेपाल आएका थिए । लाइफ ज्याकेट नलगाई आफै डुङ्गा लिएर जाँदा दुर्घटना हुन पुगेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ