लमजुङ । पहिरोका कारण अवरुद्ध बेंसीसहर–चामे सडक एक सातापछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।
शुक्रबारदेखि सवारीसाधन निर्बाध रूपमा आवतजावत हुन थालेका छन् ।
महानवमी रातिदेखि झरेको बाढीपहिरोले मनाङ जाने आउने एकमात्र बेंसीसहर–चामे सडक दसैंको टीकाको दिनदेखि अवरुद्ध भएको थियो । लमजुङ सदरमुकाम बेंसीसहरदेखि ठाउँठाउँमा सडक अवरुद्ध हुँदा सिंगो मनाङ जिल्ला र लमजुङको मर्स्याङ्दी गाउँपालिकाका स्थानीय प्रभावित भएका थिए ।
अविरल वर्षापछि लमजुङको खरखरे, रामबजार, घोप्टे, अर्खले साथै मनाङ खण्डको खोत्रो, कोतोलगायत ठाउँमा पहिरोले सडकमा क्षति पु¥याएको थियो । सबै ठाउँको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ