ओलीसँग रहन नसकिने भन्दै घनश्याम भुसालद्वारा पार्टी परित्यागको घोषणा

ओलीसँग रहन नसकिने भन्दै घनश्याम भुसालद्वारा पार्टी परित्यागको घोषणा

Ghanshyam-Bhushal

काठमाण्डौ। नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीमा नरहने घोषणा गरेका छन् । उनले शनिबार फेसबुक स्टाटस लेख्दै एमाले अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति इमान्दार रहन नसक्ने भन्दै पार्टीमा नरहने घोषणा गरेका हुन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds